नेविसंघले तिब्र बनायो इकाई समिति गठन

दुधे / नेपाली काँग्रेसले आफ्नो विद्यार्थी संगठनको ईकाई गठनलाई तिव्र पारेको छ । आईतवार नेपाल विद्यार्थी संघको शिवसताक्षीस्थित राष्ट्रिय रमणीय आदर्श मावि र सतासीधाम वहुमुखी क्याम्पसको ईकाई समिति गठन गरिएको छ ।

सो कार्यक्रममा जिल्लैभर नेपाली काँग्रेसको विद्यार्थी संगठन गठन धमाधम भईरहेको जानकारी गराईयो ।

राष्ट्रिय रमणीय आदर्श माविको ईकाई अध्यक्षमा मन्जिल नेपाल निर्विरोध चयन भएका छन । नेपाल नेतृत्वको ईकाई समिति १३ सदस्यीय छ । आगामी २ वर्षका लागि गठित ईकाई समितिको उपाध्यक्षमा अनुसा वराइली, सचिवमा भिमवहादुर लिम्वु र कोषाध्यक्षमा तोयानाथ कटवाल निर्विरोध चयन भएका छन ।

यस्तै, सदस्यमा रोशन कठायत, विजय मगर, पवन सुवेदी, सन्तोष श्रेष्ठ, रोहित भट्टराई र कुसल नेपाल निर्विरोध चयन भएका छन ।

यता सतासीधाम वहुमुखी क्याम्पसको इकाई अध्यक्षमा नेत्र पाठक सर्वसम्मत चयन भएका छन । सो समितिको उपाध्यक्षमा सचिन श्रेष्ठ, सचिव विमल न्यौपाने र कोषाध्यक्ष निशा वानिया चयन भएका छन ।

दुईवटै कार्यक्रमको प्रमुख अतिथी नेपाली काँग्रेसका शिवसताक्षी नगरका युवा नेता अशोक वस्नेत थिए । कार्यक्रममा विद्यार्थी नेता मनोज खुलाल कार्की, निरोज दुलाल, विवस निरौला, अविसा खड्का लगायतले शुभकामना मन्तव्य राखेका थिए ।