‘झापाका ८ नपा मध्ये सवैभन्दा न्युन कर शिवसताक्षीमा’ –नगरप्रमुख शेर्मा

शिवसताक्षी / शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार सेर्माले शिवसताक्षीमा लागु गरिएको कर अव्यवहारिक पटक्कै नभएको वताए ।

उनले भने, ‘जिल्लाका ८ नगरपालिका मध्ये शिवसताक्षी नगरमा कर न्युन छ ।’
‘नगरमा हाईवेले छोएका र खोला खोल्साले छोएको जग्गाको मुल्याँकन एउटै छैन’, नगरप्रमुख शेर्माले भने, ‘ कर निर्धारण तथा परामर्स समितिले ल्याएको सुझावलाई नगरपालिका वोर्डले स्वीकृत गरी नगरमा कर लागु भएको हो ।’

नगरप्रमुख शेर्माले भने ‘मैले एक्लै नगरमा केहि हुदैन, सर्वाधिकार नगरवोर्ड हो ।’
ज्ञापन पत्रमार्फत जनप्रतिनिधीलाई लगाईएको पारिश्रमिक, भ्रमण भत्ता, वैठक भत्ताको आरोप निराधार रहेको उनले दावी गरे । प्रमुख शेर्माले भने, ‘प्रदेश सरकारले निर्धारण गरे भन्दा १ रुपैयाँ फरक छैन ।’

ज्ञापन पत्र वुझ्दै नगरप्रमुख शेर्माले ज्ञापन पत्रमा उल्लेख भएका जायज कुरालाई नगर कार्यपालिकाको वोर्डले सम्वोधन गर्ने वताए ।