हत्यारालाई पक्राउ गर्न माग गर्दै नर्सहरुले काठमाण्डौको सडकमा ठटाए थाल र चम्चा

काठमाडौं / कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न माग गर्दै नर्सहरु काठमाण्डौको सडकमा निस्केका छन् ।

युवा नर्स सञ्जालले निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कारवाही गर्न माग गर्दै सोमबार दिउँसो काठमाडौंको माइतीघर मण्डलामा सरकारविरुद्ध थाल र चम्चा ठटाएर प्रर्दशन गरे ।

मुखमा माक्स लगाई हातमा थाल र चम्चा लिएर सरकार विरुद्ध प्रर्दशनमा निस्किएका नर्सहरुले गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गर्दै चर्का नाराबाजी समेत गरेका थिए ।

प्रदर्शनकारीहरुले निर्मला हत्या प्रकरणका दोषीलाई अझै पक्राउ गर्न नसकेकोमा खेद व्यक्त गर्दै नाराबाजी गरेका हुन ।

बालिका निर्मला पन्तको हत्यारालाई पक्राउ गर्न नसकेको विरोधमा काठमाडौंमा दैनिक प्रदर्शन हुँदै आएका छन् ।