प्रधानमन्त्री ओली झापा आउने

विर्तामोड / प्रधानमन्त्री केपीशर्मा ओली कार्तिक १ गते झापा आउने कार्यक्रम तय भएको छ ।

विगतका बर्षहरुमा ओलीले आयोजना गरेकोे चियापान समारोहलाई निरन्तरता दिंदै उनी शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुन झापा आउन लागेका हुन ।

कार्तिक १ गते विहान ११ बजेदेखि झापा विर्तामोडको अग्रसेन भवनमा शुभकामना आदान प्रदान कार्यक्रममा शुरु हुने कार्यक्रम छ ।

सो अवसरमा राजनीतिक दल, संघ–संस्था, कर्मचारीबृत्त, उद्योगी, व्यवसायी, नागरिक समाज, किसान, मजदूर, पत्रकारलगायत सम्पूर्ण जनसमूदायलाई चियापान समारोहमा भाग लिन प्रधानमन्त्री ओलीले आमन्त्रण गरेको भएको नेपाल कम्युनिष्ट पार्टी नेकपा झापाका कार्यालय सचिव शिव ढुङ्गेलले जानकारी दिए ।