विर्तामोडमा एलजीको सोरुम

विर्तामोड / विर्तामोडमा एलजीको सोरुम खुलेको छ । विर्तामोडस्थित शनिश्चरे रेडमा बुधबारबाट एलजीको सोरुम ब्रदर इलेक्ट्रोनिक्स खुलेको हो ।

व्यवसायीद्वय सुभाषचन्द्र मगर र राजु समालले संयुक्त रुपमा एलजीको सोरुम सञ्चालनमा ल्याएका हुन । प्रतिष्पर्धी बजारमा उपभोक्ताको मागलाई ध्यानमा राखेर गुणस्तरीय सामाग्री विक्री वितरणका लागि सोरुम खोलिएको सञ्चालक समालले बताए ।

सोरुममा टीभी, फ्रीज, एसी, वासिङ् मेसिनलगायतका सामाग्री उपलव्ध रहेको समालले बताए । पर्वको अवसरमा टीभी, फ्रीजलगायतका सामाग्री खरिद गर्दा ५००० रुपैयाँसम्म छुट हुनुका साथै आइरन र राइसकुकर उपहारमा पाइने बताइएको छ ।