साफ महिला च्याम्पियनसिप विराटनगरमा हुने

खेलकुद प्रदेश समाचार

मंसिर /  साफ महिला च्याम्पियनसिप फुटबल विराटनगरमा हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रेस विज्ञप्ति जारी गर्दै पहिलोपटक ठला अन्तर्राष्ट्रिय प्रतियोगिता काठमाडौँ उपत्यकाबाहिर आयोजना गर्न लागेको हो ।

यही फागुन २८ देखि चैत ८ गतेसम्म विराटनगरको सहिद रंगशालामा साफ महिला च्याम्पियनसिप आयोजना हुने एन्फाले जानकारी दिएको हो ।

यो पाचौँ संस्करणको साफ महिला च्याम्पियनसिप हो । यसअघि श्रीलंकाले आयोजना गर्ने दाबी गरेको थियो । तर, श्रीलंकाले आयोजना गर्नेबाट हात झिकेपछि नेपालले दाबी गरेको थियो ।

त्यसपछि साउथ एसियन फुटबल फेडेरेसनले नेपाललाई आयोजना गर्ने जिम्मा दिने निर्णय मंसिर पहिलो साता गरेको थियो । समूह ‘ए’ मा नेपालसँगै यो समूहमा बंगलादेश, भुटान र पाकिस्तान छन् ।

त्यस्तै, समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलंका रहेका छन् । नेपालको उपाधि जित्ने लक्ष्य रहेको छ । त्यहीअनुसारको अभ्यास पनि लामो समयदेखि गरिरहेको छ ।