कञ्चनपुरका महिलालाई उद्यमशील तालिम

कञ्चनपुर / नेपालको सुदूर पश्चिमी जिल्ला कञ्चनपुरका महिलालाई स्थानीय ठाउँमा उपलब्ध हुने सामग्रीबाट उपयोगी सामग्री निर्माण गर्न प्रेरित गरिएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले तालिम आयोजना गरेर महिलाहरुलाई उद्यमी र आत्मनिर्भर बन्न प्रेरित गरेको हो ।

खेर गइरहेका स्थानीय पातपतिङ्गर प्रयोग गरी हस्तकलाका आकर्षक घरायसी सामग्री निर्माण गर्न शीपमूलक तालिम आयोजना गरिएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका उपनिर्देशक सिद्धिचरण दाहालले जानकारी दिए ।

कञ्चनपुरको बेलौरी नगरपालिकामा खानेपानी योजना मन्त्री बिना मगरले शनिबार तालिम उद्घाटन गरेकी थिइन् । कञ्चनपुर उद्योग वाणिज्य संघ, नेपाल उद्यमशील महिला महासंघ र स्थानीय प्रज्ञा स्मृति प्रतिष्ठानको सहकार्यमा तालिम अयोजना गरिएको हो ।

सो तालिमको उद्घाटन गर्दै मन्त्री मगरले ग्रामीण महिलामा उद्यमशीलता बढाई आत्मनिर्भर बनाउन शीपमूलक तालिमहरुले सहयोग पुर्याउने बताइन् ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले स्थानीयस्तरमा उपलब्ध हुने साधन–स्रोतको समुचित उपयोग गर्न सके नेपालका महिलाहरु पनि स्वरोजगार बन्नसक्ने बताउँदै केन्द्रले महिलालाई उद्यमशील बनाउन विभिन्न किसिमाक तालिम सञ्चालन गर्दै आइरहेको जानकारी दिए ।