तरुणदल अध्यक्षमा शिगु

प्रदेश राजनीति समाचार

थर्पु पाँचथर / नेपाली काङग्रेस निकट युवा संगठन नेपाल तरुणदलले पाँचथर जिल्लाको याङओरक गाँउपालिका -४, नं वडा समिति पुर्नगठन गरेको छ ।

स्थानीय युवा प्रविन शिगुको अध्यक्षतामा तरुणदलको नयाँ समिति पुर्नगठन गरिएको नेपाली काङग्रेस याङओरक पार्टी सचिव सविन माबोले जानकारी दिए ।

पुर्नगठित समितिको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः लोकेश काम्बाङ, सोम शिवाकोटी, नरेन्द्ररमण सुबेदी र मञ्जु  शिवाकोटी रहेका छन् ।

त्यस्तै, समितिमा खेम चापागाई, विजय माबो, भिम परियार, हर्क मावो, हर्क तावा, रमेश दैवाली, मित्र थापा, ताराविक्रम माबो, मानबहादुर तावा, तेजकुमार योङ्हाङ, सवरहाङ माबो र कमला खेवाङ रहेका छन् ।

नेपाल तरुण दल जिल्ला सदस्य एवम् याङओरक पार्टी सचिव सविन माबोको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता नरेन्द्ररमण सुवेदीले गरेका थिए भने कार्यक्रमको सञ्चालन सुभाषचन्द्र काम्बाङले गरेका थिए । गत शनिबार पाँचथरको साविक थर्पुमा आयोजित एक कार्यक्रमका बिच समिति पुर्नगठन गरिएको थियो ।