इलामको रोङमा आगलागी, १२ लाख बराबरको क्षति

आर्थिक समाचार प्रदेश समाचार

इलाम / इलामको रोङमा आगलागी हुँदा करिब १२ लाख मूल्य बराबरको क्षति भएको छ ।

जिल्लाको रोङ गाउँपालिका वडा नम्बर–५ का राम बहादुर राईको घरमा शनिबार आगलागी हुँदा १२ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।

शनिबार बिहान करिब ११ बजे घरमा कोही नभएको समयमा बिजुलीको तार सर्ट भई आगलागी भएको बताइएको छ । आगलागीमा राईको फुसको छानो भएको एक तले घर, घर भित्र पार्किङ गरेर राखिएको एक थान मोटरसाईकल, अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ ।

आगलागी सुरु भएको १ घण्टापछि मात्र प्रहरी र स्थानीयबासीको सकृयतामा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।