कर्मचारी समायाेजन फारम खुल्याे, सरकारी कर्मचारीले २१ दिनभित्र भरिसक्नुपर्ने

राष्ट्रिय समाचार

काठमाडाैं / सरकारले सरकारी सेवाका कर्मचारीका लागि समायोजन फारम भर्न आब्हान गर्दै सूचना जारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयले सूचना जारी गर्दै समायोजन फारम भर्न आग्रह गरेको हो ।

समायोजन फारम अनलाइनमार्फत भर्न सकिन्छ । सरकारी सेवाका कर्मचारीका लागि २१ दिन र संगठित संस्थाका स्थायी कर्मचारीका लागि १५ दिनभित्र फारम भरिसक्न सुचनामा आग्रह गरिएको छ ।

समायोजन डट जीओभी डट एनपी www.samayojan.gov.np मा गएर फारम भर्न सकिनेछ । मन्त्रालयले तयार गरेको सफ्टवेयरमा कर्मचारीले आफ्नो विवरण इन्ट्री गरेर आफू समायोजन हुन चाहेको तह रोज्न पाउनेछन् ।

समायोजनको आधार जेष्ठतालाई मानिएकाले जेष्ठ कर्मचारीले रोजेर बाँकी रहेका ठाउँमा मात्र अन्य कर्मचारीको पदस्थापन गरिने छ ।

सरकारले मंसीर २३ गते जारी गरेको कर्मचारी समायोजन अध्यादेशमा आफूहरुको वृत्तिविकासमा बाधा पुग्ने प्रावधान रहेको भन्दै कर्मचारीले सच्याउनुपर्ने माग गर्दै आएका छन् ।

उज्यालो अनलाइनबाट