आन्दोलन सफल हुने उपलब्धी संरक्षण नहुने अवस्था अन्त्य हुन्छ : प्रम ओली

राजनीति राष्ट्रिय समाचार

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक आन्दोलनहरु सफल हुने तर तिनका उपलब्धीको संरक्षण नहुने अवस्थाको अन्त्य गर्नुपर्ने बताएका छन् ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को संयुक्त संसदीय दल (संघीय संसद र राष्ट्रिय सभा)लाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

‘२००७ सालमा राणा विरोधी आन्दोलन सफल भयो तर त्यसको उपलब्धीको संरक्षण भएन । २०४६ सालको आन्दोलन सफल भयो त्यसको पनि उपलब्ध िसंस्थागत भएन’ प्रधानमन्त्री ओलीले भने ‘२०६२÷०६३ को जनआन्दोलनका उपलब्धीलाई पनि संस्थागत हुन नदिने र सफल हुन नदिने मनशाय बोकेका केही मानिसहरु छन् । तिनको मनशाय पुरा हुन दिनुहुदैन ।’

प्रधानमन्त्री ओलीले यो विधेयक अधिवेशन भएकोले सरकारले संसदमा पेश गरेका विधयकहरुको गहन अध्ययन गर्न र त्यसमा सुझाव दिन सांसदहरुलाई निर्देशन दिएका छन् । ‘विधयकहरु पारित भएपछि कानुनको रुपमा आउछन् । त्यस कारण यसको गहन अध्ययन गर्नुहोस । पार्टी नीति र सिद्धान्त अनुसार आफ्ना कुराहरु राख्नुहोस ।’

प्रधानमन्त्री ओलीले सांसदहरुलाई सरकारका काम कारबाहीको बारेमा जानकार हुन र विपक्षीले चलाएका निराधार हल्लाको खण्डन गर्न निर्देशन दिएका छन् । ‘सरकारले राम्रो काम गरिरहेको छ ।

विपक्षीले चलाएका हल्लाको पछि नलाग्नुहोस’ प्रधानमन्त्री ओलीले भने ‘मन्त्रीहरुले पनि माननीयहरुलाई मन्त्रालयले गरेका राम्रा कामहरुको जानकारी दिए ।’