उखु किसानको पिडामा सखरको मल्हम

आर्थिक समाचार कृषि समाचार

केशवराज भण्डारी-

झापा / हाम्रो देश कृषि प्रधान भनेर वारम्बार दोहोरीरहने शब्द केबल कागजमा मात्र सिमित हुने जोखिम वढेको छ । किसानले उत्पादन गरेको उखु विक्रिका लागि भनेर राज्यले न्युनतम मुल्य निर्धारण गरिसकेको भएपनि विगत २ वर्ष देखि झापामा उखु विक्नै छाडेको छ ।

झापाको अर्जुनधारा नगरपालिका वडा नं. ५ मा विशेष गरेर बृहतरुपमा उखु खेति गरिदै आएको छ । विगत २२ वर्ष देखि उखु खेति गर्दै आएका किसानहरुलाई २ वर्ष यता उखु बिक्री गर्न समस्या देखिए पछी उखु किसान संकटमा परेका छन ।

अर्जुनधारा ५ का रत्न बहादुर वन भन्छन २०५६ साल देखि उखु खेती गर्दै आएँ २०७३ साल भन्दा अगाडि कम मुल्यमा भए पनि उखु विक्रि हुन्थ्यो तर वितेको २ वार्ष यता उखु दाउराको रुपमा परिणत भएको छ । जस्ले गर्दा हाम्रो रोजि रोटीनै हरायो ।

उता अर्जुनधारा ५ कै मिना भारती भन्छीन् उखु कम मुल्यमै भए पनि वेच्न पाए केहि राहत हुने थियो, दाउरामा परिणत भएको उखु वारी वाट झिक्न समेत खर्चले नधान्ने अवस्थामा पुग्यौँ ।

यसरी कृषकहरुलाई उखु नविकेर समस्या परिरहेको सन्दर्भमा अर्जुनधारा ५ का सुवास राजवंशीले भने भारत वाट कालिगढ मगाएर उखुको सख्खर वनाउने उद्योग स्थापना गरेका छन ।

अर्काको जमिन लिजमा लिएर उखु खेति गरिरहेका राजवंशी भन्छन, सुरुमा अर्काको मेसिन प्रयोग गरेर सखर वनाए त्यसवाट धेरै खर्च भएर खर्चले धान्न नसके पछि ऋण गरेरै भए पनि आफैँ मेसिन खरिद गरेर उद्योग चलाउँदै छु ।

प्रति घण्टा १ लिटर डिजल प्रयोग हुने मेसिन वाट दिन भरिमा २ सय ६५ लिटर उखुको रस निकाल्न सकिने वताउदै राजवंशी भन्छन यो वारीमा मेसिन राख्दा जग्गा धनिले गालि गरे त्यति मात्र कहाँ होर सवैको हाँसोको पात्र वनेको छु ।

दैनिक एक सय केजि विना मिसावटको सख्खर वनाउदै खुदो पनि वेच्ने गरेका राजवंशीले दैनिक ज्यालादारीमा ५ जनालाई रोजगारी समेत दिने गरेका छन । उनि भन्छन यो उद्योग स्थापना गरेर थाम्न सकेँ भने झापामा उखु विक्रि नहुने समस्या आउन दिन्न तर मिसावट भारतिय सख्खरका कारण हामि मारमा परेका छौँ प्रति केजि एक सयका दरले सख्खर वेच्न पनि हामिलाइ समस्या परेको छ ।

उता सुवास राजवंशीकी श्रीमती उर्मिला राजवंशी भन्छीन जग्गा लिजमा लिएर खेति गरेको हाम्रो उखु वारीमै सुकाएर १० लाख ऋणमा फस्यौँ त्यस पछि यस वर्ष वाट अझ्झ ऋण गरेरै भए पनि सख्खर वनाउने मेसिन जोडेका हौँ । राजवंशी जोडिले सञ्चालन गरेको सख्खर उद्योग वाट दैनिक १ सय केजि सख्खर साथै खुदो र मुरै डल्ला उत्पादन हुदै आएको छ । जस्ले उखु किसान राजवंशीको घाउमा सख्खरको मल्हम होलाकी भन्ने आशा पलाएको छ ।

किसानको उखु नविक्ने समस्या यो वर्ष मात्र हैन २ वर्ष वितिसक्दा पनि राज्य उदासिन भएको छ । अर्जुनधारा ५ का वडा अध्यक्ष ध्यान बहादुर भारती भन्छन उखु खरिद गर्ने ब्यापारी आँफैँले ठुलो क्षेत्रफलमा उखु खेती गरेपछि सानो ३‐४ विगाहामा खेति गर्ने कृषकहरु मारमा परेका छन ।

आफु पनि उखु किसाननै भए पनि आफुले यस वारे केहि गर्न नसकेको स्विकादै उनि भन्छन कृषकहरुले ब्यवसाय परिवर्तन गर्नु पर्यो अव उखु छाडेर पाटा खेती तर्फ किसानहरु परिवर्तन हुन जरुरी छ । त्यसो नगर्ने हो भने सुवास राजवंशीले सञ्चालन गरेको सख्खर उद्योगलाइ राज्यले नभए नगरले त्यहाँ वाट पनि नभए वडा वाट भए पनि बृहत वनाउदै मिसावट रहित सख्खर उद्योगको स्थापना गर्न हामि तयार छौँ ।

वडा अध्यक्षको यस प्रकृतिको प्रतिवद्धताले अव उखु किसानको समस्या केहि हद सम्म हल हुने निश्चित छ । तर सख्खरको वजार सुनिश्चित हुन पनि जरुरी छ ।