कनकाई उद्योग वाणिज्य संघमा लोकतान्त्रिक समुहको बर्चस्व

कनकाई / कनकाई उद्योग वाणिज्य संघमा लोकतान्त्रिक समावेशी समूहका उम्मेद्वार विजयी भएका छन् ।

शुक्रवार बिहान सार्वजनिक गरिएको मत परिणामअनुसार संघको सबै पदमा लोकतान्त्रिक समावेशी समूहका उम्मेद्वार १६ वटा पदमा बिहीबार निर्वाचन भएको थियो ।

संघको आगामी तीन वर्षे कार्यकालका लागि समावेशी समूहका त्रिलोचन चिमरिया ६१३ मत प्राप्त गर्दै अध्यक्षमा विजयी भएका छन् ।

संयुक्त प्यानलका तर्फबाट अध्यक्षका प्रत्यासी मिनाल तिम्सिनाले ४११ मत प्राप्त गरेको निर्वाचन अधिकृत प्रकाश चुँडालले जानकारी दिए । बाणिज्य उपाध्यक्षमा अर्जुन बोहोरा, उद्योग उपाध्यक्षमा पुण्यप्रसाद सिटौला विजयी भएका छन् भने महासचिवमा तुलसी विमली विजयी भएका छन् ।

संघको वाणिज्य सचिवमा डम्बरप्रसाद प्रसाईं, उद्योग सचिवमा राजकुमार साह, कोषाध्यक्षमा भरतकुमार अधिकारी विजयी भएका छन् ।

लोकतान्त्रिक समावेशी समूहका दीपक खतिवडा, माधव पोखरेल, झलक सिटौला, सञ्जय गजुरेल, गंगाराम गजुरेल, भरत सापकोटा, सन्तोष प्रसाईं, भूमा गौतम, शान्तादेवी अधिकारी र तारामाया राई सदस्यमा विजयी भएका हुन् ।

कूल १३८५ मतदाता रहेको संघमा १२६१ मत खसेको निर्वाचन अधिकृत चुँडालले जानकारी दिए ।