त्रिदेवमा क्याम्पस सभा

दुहागढी / त्रिदेव बहुमुखी क्याम्पस चारआलीको सातौं क्याम्पस सभा शुक्रबार सम्पन्न भएको छ ।

क्याम्पस संचालक समितिका अध्यक्ष सन्तोष न्यौपानेको सभापतित्वमा सम्पन्न सभामा क्याम्पस प्रमुख माधव प्याकुरेलले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा क्याम्पसलाई सहयोग गर्ने दाताहरु खम्बसिंह कार्की, टंक बहादुर भट्टराई र राजु कार्कीलाई सम्मान गरिएको थियो ।

उनीहरुलाई क्याम्पसका संस्थापक अध्यक्ष हरिचरण बानिया, मेची बहुमुखी क्याम्पस भद्रपुरका प्रमुख कमल गुरागाईं र प्रमुख अतिथि प्रदेशसभा सदस्य गोपाल चन्द्र बुढाथोकीले दोसल्ला र सम्मान पत्रबाट सम्मान गरेका थिए ।

कार्यक्रममा जग्गादाता दिलिप कार्की, राजनीतिक दलका प्रतिनिधी लक्ष्मी प्रसाद प्रसाईं, बाल सुबोधिनी आधारभूत विद्यालयका प्रधानाध्यापक विश्व थापा, मेचीनगर १३ का वडा अध्यक्ष कृष्णराज सिग्देल, काँकरभिट्टा क्याम्पसका प्रमुख लक्ष्मी प्रसाद उप्रेती, प्रमुख अतिथि बुढाथोकी लगायतले मन्तव्य राखेका थिए ।

कार्यक्रमको संचालन सहायक प्राध्यापक गोपाल प्याकुरेल र सावित्रा दाहालले संयुक्त रुपमा गरेका थिए ।