पितृमोक्षको लागि अर्जुनधारामा गणेश पुराण लाग्ने

धर्म -दर्शन समाचार सस्कृति

अर्जुनधारा / सम्पूर्ण पितृमोक्षको उद्धेश्यले सामूहिक उद्धार तथा उपकार संघ अर्जुनधारा–७ को आयोजनामा आगामी पुस १६ गतेदेखि श्री गणेश पुराण ज्ञान महायज्ञ हुने भएको छ ।

उक्त महायज्ञ सम्पन्न गर्न संघका पूर्व अध्यक्ष चर्तुभूज काफ्लेको संयोजकत्वमा १५ सदस्यीय महायज्ञ आयोजक समिति तथा विभिन्न उपसमिति गठन गरिएको संघका अध्यक्ष विशाल शिवाकोटीले बताए ।

नवगठित उपसमितिहरुमा राम जोशी ज्ञवालीको संयोजकत्वमा आर्थिक उपसमिति, रामबहादुर श्रेष्ठ “असई”को संयोजकत्वमा स्वागत उपसमिति, दिपकसेन भट्टराईको संयोजकत्वमा खाद्यान्न व्यवस्थापन उपसमिति, अमित खम्बूको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, रमेश त्रिखत्रीको संयोजकत्वमा सांस्कृतिक कार्यक्रम उपसमिति, विक्रम आचार्यको संयोजकत्वमा सुरक्षा उपसमिति रहेका छन् ।

त्यसैगरी बाँकी उपसमितिहरुमा उर्मिला दाहालको संयोजकत्वमा उद्घोषण उपसमिति, शंकर सुवेदीको संयोजकत्वमा अनुगमन उपसमिति, रामप्रसाद दवाडीको संयोजकत्वमा मण्डप व्यवस्थापन उपसमिति, राधेश्याम खुलालको संयोजकत्वमा कर्ता उपसमिति रहेका छन् ।

आगामी पुस २१ गते पौषे औंशीका दिन सम्पन्न हुने महायज्ञको प्रमुख वाचक पण्डित धरणीधर अधिकारी र उपवाचक घनेन्द्र काफ्ले रहेको महायज्ञ आयोजक समितिका सहसंयोजक होमप्रकाश अधिकारीले जानकारी दिए ।

सोही पौषे औंशीका दिन पूर्वमा पहिलोपटक सामूहिक पितृ मोक्ष श्राद्ध गर्ने कार्यक्रम रहेको अध्यक्ष शिवाकोटीले जानकारी दिए ।