विद्यार्थीलाई ह्वीलचियर वितरण

शिवसताक्षी  /  शिवसताक्षी–४ स्थित अस्मिन मेमोरियल स्कूलका चारजना विद्यार्थीलाई ह्वीलचियर वितरण गरिएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाका स्वकीय सचिव तुलसीराम मैनाली र राष्ट्रिय अपाङ्ग कोषका महासचिव यमनाथ मैनालीको सहयोगमा ती विद्यार्थीलाई ह्वीलचियर प्रदान गरिएको हो ।

अस्मिन मेमोरियल स्कूलका संस्थापक निलमकुमार मैनालीको विशेष पहलमा विद्यार्थीलाई ह्वीलचियर सहयोग गरिएको बताइएको छ । विद्यार्थीहरु सन्तोष शाह, एलिशा राजवंशी, विकास यादव र उमेश शाहले ह्वीलचियर प्राप्त गरे ।

कार्यक्रममा गौरीगञ्ज गाउँपालिका–१ की जनप्रतिनिधि जानुका गौतम, समाजसेवी टंकप्रसाद राजवंशी, वाशुदेव ताजपुरिया लगायतको उपस्थिति थियो ।

जनप्रतिनिधि गौतमले विकास निर्माणका गतिविधि अपांगमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरिन् । विद्यालयका संस्थापक निलमकुमार मैनालीले आगामी दिनमा पनि यस्ता सहयोगका लागि पहल गर्दै जाने बताए । कार्यक्रमको सञ्चालन शिक्षक विनोद भट्टराईले गरेका थिए ।