चम्पापुर माविको बार्षिक उत्सवमा विभिन्न व्यक्ति पुरस्कृत

सुरुङ्गा / कनकाई नगरपालिका–६ स्थित चम्पापुर माध्यमिक विद्यालयले आफ्नो ५५ बार्षिक उत्सव तथा अभिभावक भेला सम्पन्न गरेको छ ।

विद्यायल व्यस्थापन समितिका अध्यक्ष माधवप्रसाद खतिवडाको अध्यक्षता तथा झापा क्षेत्र नं.४ का संघीय प्रतिनिधि सभाका सदस्य लालप्रसाद साँवाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा विधालय प्रतिवेदन प्रधानाध्यापक विष्णु प्रसाद कोइरालाले प्रस्तुत गरेका थिए ।

सो अवसरमा विद्यालयमा स्थापित स्व.दिपेन्द्र शिवाकोटी स्मृति अक्षयकोषबाट विभिन्न व्यक्तीहरुलाई पुरस्कार र सम्मान प्रदान गरिएको थियो ।

सम्मानित हुनेहरुमा भृकुटी मा.वि.का शिक्षक कमलचन्द्र डाँगी, कनकाई मा.वि.का विद्यार्थीहरु विश्वास चौधरी र सुप्रमा धिताल, चम्पापुर मा.वि.का जसेफ मुर्मु र सुनिता राई, भृकुटी मा.वि.का सन्तोष भण्डारी र ईञ्जु पोखरेल छन् । उनीहरुलाई नगद तथा प्रमाण–पत्र प्रदान गरिएको थियो ।

त्यसैगरी, चम्पापुर मा.वि.का कक्षा ६ देखि ८ सम्ममा प्रथम हुने विद्यार्थीहरुलाई समेत नगद पुरस्कार प्रदान गरिएको थियो । स्वर्गीय दिपेन्द्र शिवाकोटीको मिति २०६९ साल श्रावण ३ गते यातायात दुुर्घटनामा मृत्यु भएको थियो ।

प्रतिष्ठानका संरक्षक स्व.दिपेन्द्र शिवाकोटीका वुवा हरि शिवाकोटी र अध्यक्ष माता गोमादेवी शिवाकोटीको हातबाट पुरस्कार तथा सम्मान प्रदान गरिएको थियो ।
विविध साँस्कृतिक कार्यक्रम सहित सम्पन्न उक्त कार्यक्रममा अन्य अक्षयकोषहरुले समेत विद्यालयका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरेका थिए भने कार्यक्रम संचालन शिक्षक तुलाराम वस्नेतले गरेका थिए ।