नेविसंघ झापामा दुई प्यानल

झापा / नेपाल विद्यार्थी संघ झापा औपचारिक रुपमा विभाजित भएको छ । बिर्तामोडमा बिहीबार सम्पन्न संघको १२ औँ अधिवेशनले समानान्तर दुईवटा जिल्ला समिति गठन गरेपछि संघ विभाजित भएको हो ।

संघको एउटा प्यानल मेची बहुमुखी क्याम्सका स्ववियु सभापति भुवन बुढाथोकी र अर्को प्यानलको नेतृत्व राजेन्द्र उप्रेतीले गरेको घोषणा गरिएको छ । बुढाथोकी प्यानलबाट उपसभापतिमा निरोज दुलाल, सचिवमा विनोद चापागाँई, सहसचिवमा प्रकाश खत्री र कोषाध्यक्षमा सिर्जना भण्डारी चयन भएका छन् । चापागाँई दमक क्याम्पसका स्ववियु सभापति हुन् ।

त्यस्तै, सदस्यहरुमा कौशल उप्रेती, सुहाङमा नेम्वाङ, सिर्जना बुढाथोकी, प्रदिप शिवाकोटी, चेतन दर्नाल, विकास अधिकारी, मणि लिम्बू, लोकेन्द्र थपलिया, सुरज अधिकारी, ममता बुढाथोकी, सरोज खतिवडा, शंकरदेव वन, सुरज घिमिरे, वसन्त आचार्य र मिराज पोखरेल चयन भएको जनाइएको छ ।

यसैबीच, उप्रेती प्यालनबाट निर्वाचित सचिवमा नारायण नेपाल, कोषाध्यक्षमा नवराज ढकाल लगायत चयन भएको जनाइएको छ । दुवै प्यानलले संघको आधिकारिक जिल्ला समिति भएको दाबी गर्दै आएका छन् ।