हाँस्यकलाकार श्रीकृष्णको ‘वोके बोकेदारी कमेडी’

झापा / चर्चित हाँस्यकलाकार श्रीकृष्ण लुईटेल (बोकेदारी ) ले समाजका विकृति विसंगति विरुद्ध गाँउ केन्द्रीत  बोकेदारी कमेडी कार्यक्रम शुरु गरेका छन् । माइन्स कृयशनको प्रस्तुतिमा उक्त कमेडी कार्यक्रम झापा र मोरङ्गका तीन स्थानमा सञ्चालन गरिएको छ ।

यसैक्रममा शनिवार कमल गाँउपालिकाको वडा नम्बर ५ स्थित मंगलवारे वजारमा प्रस्तुत गरिएको कार्यक्रमका प्रस्तोता समेत रहेका कलाकार लुईटेलले जानकारी दिए ।

करिव दुई घण्टा लामो उक्त कार्यक्रममा कञ्चनपुरकी हत्या गरिएकी बालिका निर्मला पन्तको कथावस्तुलाई अभिनयमार्फत चित्रण गरिएको थियो । कलाकार लुईटेलले निर्मला हत्याकाण्डमा भएका कमजोरीलाई नाटकमार्फत चित्रण गरिएको वताए ।

त्यहाँ स्थानीय नन्द चन्द्रकुमारी आङ्गदेम्बे स्मृति प्रतिष्ठानले कार्यक्रम संयोजन गरेको प्रतिष्ठानका अध्यक्ष गणेश आङ्गदेम्बेले जानकारी दिए ।

यसअघि मोरङ्गको वेलवारी र दमकको खरखरेमा यसअघि मञ्चन गरिएको थियो । सांगीतिक कार्यक्रमसहितको चेतनामूलक कमेडी कार्यक्रमलाई पहिलो चरणमा पूर्वका दश स्थानमा सञ्चालन गरिने कलाकार लुईटेलले जनाएका छन् ।

उनका अनुसार उक्त कार्यक्रममा महिला हिंसा, लागूऔषध दुव्र्यसनसहित विभिन्न सामाजिक विकृति विसंगतिलाई गीतसंगीत र अभिनय मार्फत उजागर गर्न केन्द्रीत छन् ।