मजबुत राष्ट्रिय एकताले नै समृद्ध नेपाल निर्माण हुन्छ : नेकपा अध्यक्ष प्रचण्ड

काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मजबुत राष्ट्रिय एकताले नै समृद्ध नेपाल निर्माणको सपना पूरा गर्ने बताएका छन् ।

आइतबार तमु ल्होसारको शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता र जनतामा आपसी सद्भाव समृद्ध राष्ट्रको पहिलो शर्त भएको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले तमु ल्होसारको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तमु (गुरुङ) दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना व्यक्त गरेका छन् ।

तमु (गुरुङ) समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्ने पर्वका रुपमा मनाउने यो यस्ता चाडले सहिष्णुता, भातृत्व, आपसी प्रेम र एकताको भावना विकास गर्ने उनले जारी गरेका सन्देश उल्लेख गरिएको छ ।