विदेश जानेका लागि खुसीको खबर ! जनकपुर र बुटवलबाट श्रम स्वीकृति दिन शुरु

प्रदेश रोजगार समाचार

झापा / श्रम तथा रोजगार कार्यालयले आजदेखि जनकपुर र बुटवलबाट पनि श्रम स्वीकृति दिन थालेको छ ।  प्रदेशबाटै श्रम स्विकृती पाउन थालेपछि वैदेशिक रोजगारीमा जानेहरुका लागि सहज भएको छ ।

श्रम तथा रोजगार कार्यालयले जनकपुरमा एमडी जिलानी मोमिन र बुटवलमा वीरबहादुर माझीलाई श्रम स्वीकृति दिँदै सेवा सुरु गरेको हो ।

जनकपुरको श्रम तथा रोजगार कार्यालयबाट आइतबार विहान १० बजेदेखि श्रम स्वीकृति दिने काम शुरु भएको हो ।

प्रारम्भिक चरणमा श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालिम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमनको कार्य गर्ने कार्यालयका निमित्त महानिर्देशक उदयप्रसाद गुप्ताले जनाएका छन् ।