सामुदायिक प्रहरीले दिए सकुम्बासीलाई कम्बल

भद्रपुर / झापा भद्रपुर १० स्थित कलवलगुडी प्रशिक्षण केन्द्र छेउको सुकुम्बासी वस्तीका विपन्न वासिन्दालाई जाडोको कम्बल वितरण गरिएको छ ।

सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरको अगुवाइमा सुकुम्बासी वस्तीका ४० परिवारलाई न्यानो कम्बल वितरण गरिएको हो ।

स्थानीय दाताले उपलब्ध गराएको ४० थान कम्बल सुकुम्बासीहरुलाई वितरण गरिएको केन्द्रकी अध्यक्ष शीला श्रेष्ठ खड्काले बताइन् ।

शनिबार विहान सो वस्तीमै पुगेर एक कार्यक्रमका बीच भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रा श्रेष्ठ, वडा नं ५ का वडाध्यक्ष बन्धु कार्की, जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी महेन्द्र श्रेष्ठ, केन्द्रका सल्लाहकार पूर्व प्रहरी अधिकृत धनप्रसाद शिवाकोटीलगायतले कम्बल वितरण गरेका थिए ।

केन्द्रकी अध्यक्ष शीला श्रेष्ठ खड्काकै अध्यक्षतामा आयोजना गरिएको न्यानो कपडा वितरण कार्यक्रमको सञ्चालन सदस्य उषा राजवंशीले गरेकी थिइन् ।