२ सय ९३ प्रतिष्पर्धीलाई पछि पार्दै नेपालकी सुनमायाले जितिन् म्याराथनको उपाधी

खेलकुद देशबाहिर

काठमाडौँ / चीनमा सम्पन्न माउन्ट गोवालिगोङ अल्ट्रा (टिएचटी) म्याराथनको उपाधी नेपालको जुम्लाकी सुनमाया बुढाले जितेकी छन् । ९३ देशका २ सय ९३ प्रतिष्पर्धीलाई पछि पार्दै बिहीबार सम्पन्न खेलमा सुनमायाले उपाधी जितेकी हुन् ।

दौडमा सहभागी सुनमायाले ५ घण्टा ४४ मिनेट ४९ सेकेण्डमा ५५ किलोमिटर दूरी पुरा गरेकी थिइन् ।

अमेरिकाकी मेरिडिथ इडवार्जले सात घण्टा दुई मिनेट ४२ सेकेण्ड लगाउदै दोस्रो भइन भने सात घण्टा ३६ मिनेट ४२ सेकेण्ड लगाउदै चीनकी च्याङपिङ फ्याङले तेस्रो स्थान हासिल गरिन् ।

सुनमायाले यसअघि हङकङमा सम्पन्न ५० किलोमिटर दौडको एसियान स्काईरनिङ प्रतियोगितामा महिलातर्फ दोस्रो स्थान प्राप्त गरेकी थिइन । नेपालकै अर्की प्रतिष्पर्धी पूर्णलक्ष्मी न्यौपानेले चौँथो स्थान हात पारेकी थिइन् ।

सुनमायाले त्यसबेला ५० किलोमिटर दूरी ६ घण्टा ५२ मिनेटमा पूरा गरेकी थिइन् ।

हङकङमै भएको अर्को भर्टिकल ट्रेल रनिङ तथा हाइकिङ प्रतियोगितामा ४८ मिनेट ०५ सेकेण्डमा ५ किलोमिटरको दौड पूरा गरेर दोस्रो भएकी थिइन् ।

यो बेला पूर्णलक्ष्मीले ७ घण्टा ४५ मिनेटमा ५ किलोमिटर दूरि पार गरेकी थिइन् ।

विश्वका महिलाहरु मध्ये विश्व महिला समूहबाट सुनमाया दोस्रो र पूर्णलक्ष्मी चौथो बन्न सफल भएका छन् ।

महिला तर्फ प्रथम भएकी स्वीट्जरल्याण्डकी क्यारोलाईन चाभेरोटले ८ हजार ५ सय डलर, दोस्रो हुने नेपालकी सुनमाया बुढाले ४ हजार ५ सय डलर, तेस्रो हुने फ्रान्सकी मौड गोबर्टले ४ हजार डलर, चौथो हुने नेपालकी पूर्णालक्ष्मी न्यौपानेले तीन हजार डलर र पाँचौ हुने केन्याकी सुसन जेम्भटाईले २ हजार डलर पुरस्कार पाएका छन् ।