जंगली हात्तीले झापाको भद्रपुरमा २ घर भत्कायो

समाचार स्थानीय

भद्रपुर /झापाको भद्रपुर नगरपालिका -९, स्थित नहर टोलमा जङ्गली हात्तीले स्थानीयको दुईवटा घर भत्काएको छ ।

आइतबार बिहान साढे नौ बजेको समयमा भद्रपुर नगरपालिका -९, की देबीमाया भुसालको टिनको छाना, बासको टाटीबेरा गरी बनाएकोे एक तले घर र सोही ठाँउका चन्द्र समरीयाको टिनको छानो भएको टाटी बेरा भएको एकतले घर भत्काएको ईलाका प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

दुई घर भत्काउँदा अन्दाजी ८० हजार रुपैया बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।