‘सोफा इम्पेरीयम प्रिमियम’ फर्निचर सोरुमको भोली (मंगलबार) भव्य उद्घाटन

विर्तामोड / विर्तामोडको भद्रपुररोडमा सञ्चालित ‘सोफा इम्पेरीयम प्रिमियम’ फर्निचर सोरुमको भोली मंगलबार भव्य शुभारम्भ हुदैछ ।

फर्निचर सोरुमको विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी र विर्तामोडका व्यवसायी एवम् राप्रपाका केन्द्रिय सदस्य राजकुमार पोखरेलले संयुक्त रुपमा रिबिन काटेर उद्घाटन गर्नेछन् ।

जनवरी १ तारिक अंग्रजी महिनाको नयाँवर्षको अवसर पारेर सोरुमको उद्घाटन गर्न लागिएको सञ्चालक प्रनिल धिमालले जानकारी दिएका छन् ।

युवा व्यवसायी धिमालले ग्राहकको मागलाई ध्यानमा राखेर गुणस्तरीय फर्निचर सामाग्री उपलव्ध गराउने उद्देश्यले ‘सोफा इम्पेरीयम प्रिमियम’ सञ्चालनमा ल्याएका हुन् ।

करिब १ करोड ४० लाख रुपैयाँको लागतमा सोरुम सञ्चालनमा ल्याएको धिमालले बताए ।

सोरुममा अफिस, विद्यालय तथा घरायसी प्रयोजनका लागि गुणस्तरीय फर्निचर भएकोले सबैलाई उपयुक्त हुने उनको भनाई छ ।

न्यूनतम दुई हजार ५०० देखि १ लाख ५० हजार रुपैयासम्मका  एलसेट सोफा, दराज, अफिस फर्निचर, आउटडोर फर्निचर, इन्टेरियर डिजाइनिङ, बेडरुम, डाइनिङ, अम्रेलासहितको राउण्डसेप, आउडडोर टेन्ट, आउटडोर अम्रेला लगायतका फर्निचर उपलव्ध रहेको मेनेजर पर्वत ओझाले बताएका छन् ।

चाइना र थाइलेण्डमा निर्मित फर्निचरका सामानहरु सोरुममा रहने बताइएको छ ।