दमकलाई पोल्ट्रिको नगरी वनाउने उद्योगीको चासो

आर्थिक समाचार व्यापार व्यवसाय समाचार

बिष्णु सुब्बा-

दमक /  दमकलाई पोल्ट्रि उद्योगको संभावना भएको नगरीका रुपमा अघि सारिएको छ ।

देशकै ठुलो मानिएको चितवनको पोल्ट्रि उद्योगपछि दमकलाई पनि त्यही स्तरमा विकास गर्न पोल्ट्रि उद्योगीहरुले चासो देखाएका हुन् ।

अण्डा उत्पादक व्यवसायी संघ प्रदेश समितिका संयोजक समेत रहेका व्यवसायी माधव पराजुलीले दमकलाई पोल्ट्रि उद्योग नगरीका रुपमा विस्तार गर्न यहाँका व्यवसायीहरु जुटेका बताँउछन् ।

उनले पोल्ट्रि उद्योगको दोश्रो राजधानी वनाउन पूर्वाधार निर्माण धमाधम भईरहेको वताए ।

दमकमा १० वटा ठुला किसिमका पोल्ट्रि« उद्योग छन् भने साना किसिमका दुई दर्जन पोल्ट्रि उद्योग सञ्चालनमा रहेका छन् । ठुला भनिएका पोल्ट्रि उद्योगमा करिव १० हजार कुखुरा रहेका छन् ।

‘दमकमा व्यवसायिक रुपमा पोल्ट्रि उद्योग बढ्ने क्रममा छन् ’ उनले भने , –‘दमक पोल्ट्रि उद्योगको आशलाग्दा संभावना देखिएको छ, अव पोल्ट्रिको दोश्रो राजधानी बनाउन क्रियाशील छौ ’

उनले राज्यले पनि यहाँको पोल्ट्रि प्रर्वद्धनका लागि सहयोग पुरयाँउनु पर्ने वताँउछन् । ‘सरकारी निकाय मात्र होइन् सरोकारवाला पक्षहरुले पनि हाम्रो अभियानमा सघाँउ पुरयाँउनु पर्छ ’संयोजक पराजुलीको भनाई छ ।

त्यस्तै, दमकमा पोल्ट्रि उद्योगसंगै एक सुविधासम्पन्न प्रशोधन भण्डारण केन्द्र,१० वटा दाना उद्योग,६ वटा ह्याचरी उद्योग सञ्चालित छन् ।

दमक ४ मा पोल्टि फार्म व्यवसायीहरुले स्थापना गरेको उक्त भण्डारण केन्द्र काठमाण्डौ र चितवन पछिको भएको उद्योग सञ्चालक समेत रहेका पराजुलीले बताए ।

उनका अनुसार उक्त प्रशोधन भण्डारण स्थापना पछि झापा, मोरङ्ग र सुनसरीका पोल्ट्रि व्यवसायीहरुले सुविधा पाएका छन् ।

वर्षदिन अघि सञ्चालनमा आएको उक्त भण्डारण केन्द्र करिव रु ५ करोडको लगानीमा स्थापना गरेका हुन् ।

भण्डारण कक्षको क्षमता १६ टन रहेको छ । उक्त भण्डारण कक्षमा आवश्यक मापदण्ड पूरा गरेर मासु चिस्यान गरिआएको सञ्चालक पराजुलीले बताए ।

प्रशोधनसहितको भण्डारण केन्द्रले यहाँका कुखुरापालकका उपभोग्य मासु समेत खरिद गर्ने र चिस्यान गरिएका कुखुरा काठामण्डौसम्म निर्यात गरिआएको सञ्चालक पराजुलीले वताँउछन् ।

प्रदेश १ मा २० लाख कुखुरा

प्रदेश नम्बर १ मा करिव २० लाख संंख्यामा लियर्स र वोइलर्स कुखुरा रहेको कुखुरा उत्पादकहरुले जनाएका छन् ।

अण्डा उत्पादक व्यवसायी संघ प्रदेश समितिका अनुसार प्रदेशका विभिन्न स्थानमा व्यवसायिक रुपमा किसानहरुले पाल्दैआएका फर्महरुमा करिव २० लाख लिर्यस र वोइसर्ल कुखुराहरु रहेका छन् ।

लियर्सको संख्या ८ लाख र बोइलर्सको संख्या करिव १२ लाख भएको संघको अनुमान छ ।

पोल्ट्रि फर्म तराईका झापा,मोरङ्ग र सुनसरी जिल्लामा अधिक रहेको र ती फर्ममा करिव २५ सय किसानहरु व्यवसायीक रुपमा आवद्ध रहेको संघका प्रदेश संयोजक पराजुलीले वताए ।

त्यस्तै,ती फर्ममा किसान बाहेक करिव १ हजार बढीले प्रत्यक्ष रोजगारी समेत पाएको उनले वताए । त्यस्ता उद्योगहरुमा करिव रु २ अर्वको लगानी रहेको अनुमान छ । उनले भने ,–‘पोल्ट्रि व्यवसायमा वजारीकरण बढ्ेसंगै लगानी समेत बढ्दै गएको छ ’

पोल्ट्रिबाट दैनिक उत्पादित उपभोग्य वस्तुको वजार स्थानीयदेखि काठमाण्डौसम्म निर्यात हुदैआएको छ ।

सवै यहाँका वजारमा खपत नहुने भएकाले काठमाण्डौका ठुला पोल्टि फर्मसम्म वजारीकरण गर्नुपरेको दमकका व्यवसायी समेत रहेका संघका प्रदेश संयोजक पराजुली वताँउछन् ।

पछिल्ला समय पोल्ट्रि व्यवसायलाई राज्यले समेत प्रर्वद्धनात्मक गर्देआएपछि यस्ता व्यवसायहरु फ्रष्टयाउदै गएको स्वम व्यवसायीहरुको धारणा छ ।

झापा जिल्ला अण्डा उत्पादक व्यवसायी संघका सचिव राजेन्द्र भण्डारीले अण्डा तथा कुखुरा उत्पादनले झापा आत्मनिर्भर वन्दै गएकोे वताँउछन् ।

कुखुराको मासुमा आत्मनिर्भर भएपनि व्यवसायिक अस्वस्थ्य प्रतिष्पर्धाले सिङ्गो व्यवसायमा उत्तिकै चुनौती भएको उनको भनाई छ ।