प्रथम चतुरमान जिल्ला स्तरीय नकाउट फुटबलमा डाँगीबारी विजयी

हल्दिबारी / हल्दिबारीमा जारी प्रथम चतुरमान जिल्ला स्तरीय नकाउट फुटबल प्रतियोगितामा सोमबार डाँगीबारी फुटबल क्वल विजयी भएको छ । डाँगीबारीले घोडामारालाई ४-० गोल अन्तरले पराजित गर्यो ।

गणतान्त्रिक योद्धा चतुरमान सिहं राजबंशीको सम्झनामा स्थानीय युवाहरुको अग्रसरतामा पुस १३ गतेदेखि शुरु प्रतियोगिता २९ गतेसमम्म चल्ने खेल आयोजक समितिले जनाएको छ ।

प्रतियोगिताको विजेता टीमले नगद ५१ हजार रुपैया र द्वितिय हुने टीमले ३१ हजार रुपैँया प्राप्त गर्नेछन् ।

प्रथम पुरस्कारको रकम हल्दिबारी गाँउपालिककाले उपलव्ध गराउने छ भने द्वितिय पुरस्कार कामक्षदेबी टीस्टेड प्रालि हल्दिबारी प्रदान गर्ने बताइएको छ ।