साढेतिन अक्षरहरु

                                                                  कविता


साढेतिन अक्षरहरु

सुरुवातमा म केही सिर्जना गर्न चाहन्थे र भयो

तर उसँगको तादात्म्यता अपरिपक्क थियो र त्यसै बिलायो कालो बादलमा

पालो जमुनाको,

जमुनाले जामुन खुवाउने कोसिस गरिन् मिठो पनि थियो

केही सामिप्यता पनि देखाइन्

साँच्चै एकजुट पो भए जस्तो मिले जस्तो

खै के खै के लोप नै भयो

सिउनै जानिएन, जीउनै जानिएन ।

साढे तिन अक्षरले छोडेन, अम्बिका पनि उस्तै

अलि लजालु छेउछाउ आएगए डराउने नाइँ चाहिँ नभन्ने

प्रस्तुति हिनताबोधमा सीमित

हटिया बजार एउटै एउटै मन पनि प्रफुल्ल

मनको लड्डु दिनहौँ चपाउने मात्र भयो

दुवै पक्ष कूटनीतिमा असफल

रमित्ताले रमित्तै पारिन्

विर्तामोड देखि पाँच किमि दक्षिण सम्म

होण्डा साइकलले झन्डै झन्डै ठक्कर दिने

कहिलेकाहीँ त साना पिवल्सले झटारो हान्ने

धत् म त झन्डै हराए त्यहीँ कतै ।।

अन्जना सिपालु कामुक कवयित्री कोकिल कण्ठी

मनै तान्ने मृदुभाषी सबैमा

एकपटक बोलीदिए लभ यू मैले तर जवाफ चिन्ताजनक कल्पनाविहिन कुरा

दोहोरियो पुरानो घाउ अम्बिका खासै अभ्यस्त नभई पत्तासाफ

बुर्जुवा मायाको प्याला पिलाइन्

हैट भनि तर्सिपुगे एल्लिनाज काख

त्यो त झन स्वामित्वको भन्दा परत्वको विश्वास गर्ने जात

चर्काचर्कि घम्साघम्सि शब्द वाणका वाण प्रहार र पूँजीवादी माया गर्ने

नतिजा भ्रष्ट, निचोड अस्तित्व अस्वीकार गर्नुपर्ने ।।।

नयाँ मोड र जिन्दगीको नयाँ आयाम

अन्निताको प्राप्तिमा अहोरात्र व्यायाम

दुविधाले छोप्दाछोप्दै जिन्दगीमा निर्विकल्प निर्विरोध निर्वाचित भइन्

र मेरो देशकै गृहमन्त्री बनिन्

पूनरावृत्ति हुँदै गयो सस्वार्थी त स्वार्थै स्वार्थले भरिएको

जीवनलाई अवसरवाद र गेमवादमा ढाल्ने

कदम कदम नाटक देखाउन सक्ने आत्मिक भन्दा नि सेन्सुयलका खातिर

जता पनि तन्किने छेपारो जस्तो बहुरङ्गी बदनियत भेषधारी ।।।।

निर्मल निर्मलाको सिनिक्क निर्मलताले पर्दापण ग¥यो

उनको साम्राज्य प्लेटो र अरस्तुको आदर्श राज्यको कल्पनासरह

तर अजम्बरी स्वाभिानलाई अनायाश विकृतिको घामले डढेलो लगाइदियो

सम्झन लायक नायिका सम्झना जसमा निस्वार्थ कोमलता पत्ता लगाए

अपवित्रताको स्वाद रसस्वादन नचाहने

अमरत्व र सम्मानमा समाजवादी चरित्र भएकी

सलाम सबै साढे तिन अक्षरहरुलाई

अविराम सम्झना छ मेरो आकाशलाई खुलाइदिएकोमा

र जीवनको अनुभूतिलाई अनुभूत गर्न दिएकोमा ।

ओमनाथ कडरिया

हल्दिबारी-१ गोलधाप, झापा