‘सोफा इम्पेरीयम प्रिमियम’ फर्निचर सोरुमको उद्घाटन

समाचार

विर्तामोड / विर्तामोडको भद्रपुररोडमा सञ्चालित ‘सोफा इम्पेरीयम प्रिमियम’ फर्निचर सोरुमको आज उद्घाटन भएको छ ।

फर्निचर सोरुमको विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले एक कार्यक्रमका बिच रिबिन काटेर उद्घाटन गरेका थिए ।

सोरुमको उद्घाटन गर्दै नगरप्रमुख शिवाकोटीले विर्तामोडमा नयाँप्रविधिको फर्निचरका सामान भित्रिएको बताउँदै यस्ता फर्निचरले राम्रो बजार लिने विश्वास व्यक्त गरे ।

सो अवसरमा व्यवसायी हरी धिमाललगायत विर्तामोडका व्यापारीहरुको उपस्थिति थियो ।

जनवरी १ तारिक अंग्रजी महिनाको नयाँवर्षको अवसर पारेर अत्याधुनिक सोरुमको उद्घाटन गरिएको हो ।

सोरुम सञ्चालक युवा व्यवसायी प्रनिल धिमालले ग्राहकको मागलाई ध्यानमा राखेर गुणस्तरीय फर्निचर सामाग्री उपलव्ध गराउने उद्देश्यले सोरुम सञ्चालनमा ल्याएको बताए ।

करिब १ करोड ४० लाख रुपैयाँको लागतमा सोरुम सञ्चालनमा ल्याएको धिमालले बताए । सोरुमका पर्निचरहरु अफिस, विद्यालय तथा घरायसी प्रयोजनका लागि उपयुक्त हुने उनको भनाई छ ।

चीन र थाइलेण्डमा निर्मित न्यूनतम दुई हजार ५ सय देखि १ लाख ५० हजार रुपैयाँसम्मका एलसेट सोफा, दराज, अफिस फर्निचर, आउटडोर फर्निचर, इन्टेरियर डिजाइनिङ, बेडरुम, डाइनिङ, अम्रेलासहितको राउण्डसेप, आउडडोर टेन्ट, आउटडोर अम्रेला, लगायतका फर्निचर, गिफ्ट आइटम पनि सोरुममा उपलव्ध रहेको सञ्चालक धिमालले बताए ।