एकै परिवारका ५ जनाले विष पिउँदा ३ को मृत्यु २ जनाको अवस्था गम्भिर

अपराध प्रदेश समाचार समाज

रतनपुर / छत्तीसगढस्थित रतनपुरमा एकै परिवारका ५ जनाले विष सेवन गरी आत्महत्याको प्रयास गरेका छन् ।

५ जना मध्ये ३ जनाको विष सेवनबाट मृत्यु भएको छ । २ जनाको अवस्था गम्भीर छ । उनीहरुको अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
विष पिएपछि परिवारकी ६० वर्षीय हजुरआमा गुलाबो बाइ, नातिनीहरु १६ वर्षीय निकिता र १२ वर्षीय निलमको घटनास्थलमै मृत्यु भएको छ ।

गुलाबोकी छोरी ३५ वर्षकी लल्ली भनिने प्रस्तुती र १८ वर्षका नाती विकास अस्पतालमा भर्ना गरिएका छन् ।

दुवैको अवस्था गम्भीर छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।