बिग ब्यास लिगमा नेपाली क्रिकेटर सन्दीप लामिछानेको सर्बत्र चर्चा

काठमाडौं / अहिले नेपाली लेग स्पिनर सन्दीप लामिछाने निकै चर्चामा छन् । बिबिएल डेब्युपछि नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको चौतर्फी चर्चा भइरहेको छ ।

आज मंगलबार बिग ब्यास लिगमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले चौथो खेल खेलेका छन् ।सन्दीप लामिछानेले रहेको मेलबर्न स्टार्सले बिग बाश लिगमा लगातार जित निकालेको छ ।

आज भएको खेलमा डर्बी क्लब मेलबर्न रेनेगेड्सलाई ७ विकेटले पराजित गर्दै मेलबर्न स्टार्सले लगातार दोस्रो जित निकालेको हो ।

मेलबर्नमा रेनेगेड्सले दिएको १४९ रनको लक्ष्य स्टार्सले १७ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो ।यसअघि ब्याट फ्लिप हारेर पहिले ब्याटिङ गरेको रेनेगेड्सले पुरै २० ओभरमा ९ विकेट गुमाएर १४८ रन बनाएको थियो ।

रेनेगेड्सका लागि ड्यानियल क्रिस्टियनले ३२ तथा साम हार्परले ३० रन जोडे । यस्तै वाल्टर हार्भीले २१ रन जोडे ।

मेलबर्न स्टार्सका ड्याने ब्राभोले ३ तथा मार्कुस स्टोनिस र स्कोट बोलान्डले २–२ विकेट लिए । सन्दीपले १ विकेट लिए ।

लाइट नेपालबाट