इप्रका अनारमनीका डिएस्पी कृष्णप्रसाद कोइरालाको सरुवा

विर्तामोड / इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाको सरुवा भएको छ ।

कोइरालाको त्रिभुवन विमान स्थल प्रहरी कार्यालयमा सरुवा भएको हो । प्रहरी प्रधान कार्यालयले मंगलबार उनको काज सरुवा गरेको थियो ।

कोइरालाको ठाँउमा डिएस्पी सुवास खड्का आउने बताइएको छ । इलाका प्रहरी कार्यालय अनारमनीमा रहँदा कोइरालाले शान्ति सुरक्षा, होटलमा हुने बेश्याबृती, हत्या, अपराध, लागु पदार्थ ओसारपसार नियन्त्रमा मत्वपूर्ण भूमिका खेलेका थिए ।

राम्रो छवि बनाएका कोइराला गत आश्विन महिनाको प्रदेश १ कै सर्वोत्कृष्ट (बेष्ट पुलिस अफ द मन्थ) बाट पुरस्कृत भएका थिए ।