रिचाले जितिन् मिस टिन मेचीको उपाधी

विर्तामोड / एजुकेशन एण्ड माइग्रेसन कर्नर मिस टिन मेची २०१८ को उपाधी झापा मेचीनगरकी रिचा ढकालले जितेकी छिन् ।

ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टको आयोजनामा भएको प्रतियोगिताको फस्ट रनरअप बिर्तामोडकी मौनता प्रसाई र सेकेण्ड रनरअप कनकाई नगरपालिकाकी अंकिता उप्रेती भएको कम्पनीका कार्यकारी निर्देशक सरोज खरेलले जानकारी दिए ।

नेपाली महिलाहरुको वर्तमान अवस्था बिषयमा आफ्ना सठिक कुरा राख्दै निर्णायकको ध्यान रिचाले आफूतिर खिचेकी थिइन् ।

उपाधीसँगै बिजेता रिचाले ५० हजार नगद हात पारेकी छन् ।

अष्ट्रेलिया, न्युजिल्याण्ड, जापानलगायतका देशमा नेपाली बिद्यार्थीलाई अध्ययनका लागि पठाउँदै आएको एजुकेशन एण्ड माइग्रेसन कर्नरको टाइटल स्पोन्सरमा प्रतियोगिता सम्पन्न भएको हो ।