गोरखा कम्व्याटले आर्मीका लागि तालिम सञ्चालन गर्नेे

झापा / महिना दिन पछि दमकमा व्रिट्रीस तथा सिंगापुर आर्मी बन्न चाहने युवाहरुका लागि आधारभूत तालिम सञ्चालन शुरु गरिने भएको छ ।

दमकमा हालै स्थापित गोरखा कम्व्याट अल्टिमेट फिटनेट सेन्टरले स्तरिय प्रशिक्षणसहितको तालिम सञ्चालन गर्न लागेको जनाएको हो ।

सेन्टरले दमकमा पत्रकार सम्मेलन गरि व्रिट्रीस तथा सिंगापुर आर्मी बन्न चाहने पूर्वका युवाहरुलाई लक्षित गरेर स्तरिय तालिम सञ्चालन गर्न लागिएको सञ्चालक समेत रहेका वरिष्ठ प्रशिक्षक राष्ट्र राईले बताए ।

पहिलो चरणमा दुई सय जनालाई आवासीयसहितको स्तरिय तालिम दिने व्यवस्था गरिएको उनले जनाएका छन् ।

उनका अनुसार फिटनेट सेन्टरमा व्रिट्रीस तथा सिंगापुर आर्मीसहित मार्सल आर्ट,तेक्वान्दो खेलका अन्तराष्ट्रिय स्तरमा नाम कहलिएका खेलाडीहरुको प्रत्यक्ष प्रशिक्षणमा आधुनिक किसिमका शारीरिक अभ्यास गराईने छ ।

विदेशमा रोजगारी खोज्ने युवाहरुलाई आर्मी लगायतका सैनिक तालिममा निपुण तथा दक्ष वनाउन गोरखा कम्ब्याटले आफनै ठाँउमा सुविधासम्पन्न तालिम स्थल बनाउन जुटेको उनले दावी गरेका छन् ।

व्रिट्रीस आर्मीका अनुभवी प्रशिक्षक समेत रहेका राष्ट्रले आफनै गाँउघरमा खेल र स्वस्थ्य शरीरका लागि शारीरिक सुगठन तर्फ युवाहरुलाई प्रोत्साहित गर्न समेत सुविधासम्पन्न व्यवसायिक फिटनेश सेन्टरमा स्थापना गरिएको बताए । उनले भने,–‘ हामीलाई पैसा कमाउन भन्दा पनि यस क्षेत्रका युवाहरुलाई सहि मार्ग डोहोरयाउन खोजेका हौ ।’

सेन्टरमा अन्य ठाँउका भन्दा दक्ष र विदेशका मापदण्ड अनुसार सुविधा तथा विधिहरु उपलब्ध गराउने गोरखा कम्व्याट अल्टिमेट फिटनेट सेन्टरका कार्यकारी प्रमुख तथा प्रशिक्षक रविन राईले वताएका छन् ।

सञ्चालनमा आउन लागेको गोरखा कम्ब्याट अल्टिमेट फिटनेट सेन्टरमा व्यवसायिक रुपमा पूराना तथा अन्तराष्ट्रिय स्तरमा ख्याति कमाएका गुरुहरु राष्ट्रसहित सिंगापुर आर्मीका रविन राई, व्रिट्रीस आर्मी समेत रहेका मार्शल आर्टका गुरु मन्दिप राई , तेक्वान्दोका अन्तराष्ट्रिय खेलाडीहरु सृजना राई,विद्या राई, मार्शल आर्ट प्रशिक्षक दिपक धिमाल लगायतका पूराना तथा अनुभवी व्यवसायिक खेलाडीहरु रहेका छन् ।

प्रशिक्षकहरुको लगानमिा दुई वर्षदेखि दमक ९ स्थित सगरमाथा मल्टि मार्शल आर्ट संघको सुविधासम्पन्न भवन निर्माणाधिन अवस्थामा छ । सगरमाथा मार्शल आर्ट युकेको सगरमाथा डोजोसंग समेत आवद्ध छ ।

निर्माणको अन्तिम चरणमा रहेको उक्त भवनमा इन्डोरका सवै खाले खेलकुदसहित शारीरिक अभ्यासका लागि जिम,जुम्बा लगायतका गतिविधिहरु सञ्चालन हुने संघका अध्यक्ष दिपक धिमालले वताए ।

उक्त पत्रकार सम्मेलनमा संघीय संसद सदस्य महेन्दकुमारी लिम्बु, दमक ९ का वडाध्यक्ष रामबहादुर धिमाल लगायतले सफलताको शुभकामना राखेका थिए ।