कृषि क्षेत्रलाई रोजगारमुखी बनाउन मुख्य चुनौती : राष्ट्रपति भण्डारी

आर्थिक समाचार समाचार स्थानीय

गौरादह / राष्ट्रपति विद्यादेवी भण्डारीले कृषि क्षेत्रलाई रोजगारमुखी तथा व्यवसायिक उद्योगका रुपमा विकास गर्न देशको मुख्य चुनौती भएको औल्याएकी छिन् ।

देशको ठुलो हिस्सा मानिएको कृषि क्षेत्र अझै निर्वाहमुखी रहनु दुखद भएको बताउदै राष्ट्रपति भण्डारीले कृषि क्षेत्रलाई आधुनिकरण गरेर व्यवसायिकरण गर्न ध्यान दिनुपर्ने औल्याइन् ।

बुधबार झापाको गौरादह नगरपालिका ५ स्थित महारानीझोडा साना किसान कृषि सहकारी संस्थाद्धारा प्रवद्धित नमुना सहकारी खेती एवं साना किसान विकास अभियानका गतिविधिहरुको अवलोकन कार्यक्रमलाई सम्बोधन गर्दे उनले कृषि रुपान्तरणमा आर्कषित गराएर गरिवी निवारणमा सहकारीलाई उपयोगी बनाउन सरकारले उच्च प्राथमिकता दिनु पनर्मो जोड दिईन् ।

उनले महारानीझोडा साना किसान कृषि सहकारी संस्थामा संगठित महिलाहरुको सहकारी अभियानका गतिविधिहरु सवैका लागि उदाहरणीय भएको चर्चा गरिन् । यस संस्थाको सहकारी गतिविधिहरु सवैले अनुशरण गर्नुपर्ने उनको भनाई थियो ।

त्यस अवसरमा गौरादह नगरपालिकाले राष्ट्रपति भण्डारीलाई नागरिक अभिनन्दन गरिएको थियो । नगर प्रमुख रोहित कुमार शाहले राष्ट्रपति भण्डारीलाई अभिनन्दन पत्र हस्तान्तरण गरेका थिए भने उपप्रमुख गीता भेटवालले दोसल्ला ओढाएकी थिइन् ।

सो कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कृषिलाई व्यवसायिक गरि औद्योगिकरण गरिएमात्र कृषिले आर्थिक रुपान्तरणमा फड्को मार्ने वताए ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले कृर्षिको रुपान्तरण,आधुनिकरण विना आर्थिक समृद्धि पूरा नहुने बताएका थिए ।

कार्यक्रममा संस्थाद्धारा प्रर्वदित हल्दिवारी साना किसान सहकारी संस्था र मोरङ्ग साना किसान सहकारीद्धारा प्रर्वद्धानात्मक केरौन साना किसान सहकारी संस्थाको प्रमाणपत्र समेत हस्तान्तरण गरिनुका साथै संस्थामा आवद्ध कृषि बैज्ञानिक रामशिस साहलाई सम्मान गरिएको थियो ।

संस्थाकी अध्यक्ष मिना ढकालको अध्यक्षतामा भएको सो कार्यक्रममा संस्थाको नमुना एकीकृत खेतीका सदस्य मित्रदेव काफले, साना किसान विकास लघुवित्त वित्तिय संस्थाका खेम पाठक लगायतले सहकारीको वारेमा वोलेका थिए ।