माइधारमा बोलेरो र मोटरसाइकल ठोक्किएर २ जनाको मृत्यु

माइधार / झापाको शिवसताक्षीमा मोटरसाइकल र बोलेरो ठोक्किदा दुई जनाको ज्यान गएको छ ।

शिवसताक्षी १० को माईधार सडक खण्डमा विहीबार भएको दुघटनामा मोटरसाइकलमा सवार ताप्लेजुङ थुरुम्बाका सविन लिम्बु र सञ्जिव लिम्बको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

पूर्वबाट पश्चिम आउँदै गरेको बा १३ च नम्बरको बोलेरो जिप र पश्चिमबाट पूर्व आउँदै गरेको मे ४ प ३२ नम्बरको मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भिर घाइते भएका दुवै जनाको विर्तामोड स्थित विएण्डसी अस्पातालमा उपचारको क्रममा मृत्यु भएको हो ।