प्रधानमन्त्रीलाई आज इलाममा नागरिक अभिनन्दन

समाचार समाज

इलाम / इलाम नगरपालिकाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई अभिनन्दन गर्ने कार्यक्रम छ ।

नगरपालिकाले आयोजना गर्ने लगानी सम्मेलनमा प्रधानमन्त्री ओलीलाई नागरिक अभिनन्दन समेत गरिने नगरपालिकाले जनाएको छ ।

इलामको विकासमा समेत प्रधानमन्त्रीले उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै सम्मानस्वरूप अभिनन्दन गरिने इलाम नगरपालिकाका प्रवक्ता ठाकुरनारायण श्रेष्ठले जानकारी दिए ।

बाह्य लगानी भित्र्याउने र आन्तरिक स्रोतलाई परिचालन गर्ने उद्देश्यले सो नगरपालिकाले लगानी सम्मेलन गर्न लागेका नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए ।

लगानी सम्मेलनमा भाग लिन पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख सुवास नेम्वाब, प्रदेश नं. १ का मुख्यमन्त्री, प्रदेश तथा संघीय सरकारका मन्त्री, प्रदेशसभा सदस्य तथा उद्योगीव्यवसायीको सहभागिता रहने जनाइएको छ