सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी ईशाबिच सम्बन्ध विच्छेद

समाचार समाज

झापा / सञ्चारकर्मी रवि लामिछाने र उनकी श्रीमति ईशाबिच सम्बन्ध विच्छेद भएको छ ।

रबि र इशाबिच केही समय अघि सम्बन्ध विच्छेद भइसकेको छ । रबिले श्रीमतिसँग भएको सम्बन्ध बिच्छेदबारे आफ्नो फेसबुकमा लेखेका छन् । श्रीमान, म जिँउदै छु शिर्षक राखेर उनले आफ्नो व्यक्तिगत घटनाबारे फेसबुकमा प्रकाश पारेका छन् ।

२४ वर्ष अगाडी सानै उमेरमा विवाह गरेका रविको उनकी श्रीमतिसँग सम्बन्ध सुमधुर हुन नसकेपछि उनीहरु डिभोर्स गरी अलग बस्ने निर्णयमा पुगेका हुन् ।

रवि र ईशाका दुई छोरी छन् । दुवै छोरीको जिम्मेवारी आफूले लिएको रविले जनाएका छन् । रविसँग डिभोर्सपछि ईशा एक हप्ता अगाडि अमेरिका फर्किसकेकी छन् । रविले श्रीमतीसँग डिभोर्सको कारण भने खुलाउन चाहेका छैनन् ।

तर, अमेरिकामा बस्ने श्रीमतीसँग लामो समयदेखि आफ्नो सम्बन्ध बिग्रेको भन्दै रविले यहीबीचमा एक विदेशी महिलासँग सम्वन्धमा रहेर एक सन्तानसमेत जन्माएको स्वीकार गरेका छन् ।

रविले ईशासँग डिभोर्स गर्दा आफ्नो सबै सम्पत्ति सुम्पेको दाबी पनि गरेका छन् । सम्बन्ध विच्छेद भइसकेपछि पनि आफ्नो व्यक्तिगत जीवनका घटना खोतलेर आफुलाई बद्नाम गर्न लागिएको भन्दै रविल सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टी जनाएका छन् ।

फोटो रवि लामिछानेको फेसबुकबाट