आजदेखि फाल्गुनन्द गोल्डकप सुरु

खेलकुद समाचार

पाँचथर / पाँचथरको फिदिममा आजदेखि फाल्गुनन्द गोल्डकप सुरु हुँदैछ । पूर्वी पहाडमा सञ्चालित प्रतियोगिताको यो दशौं संस्करण हो । सदरमुकाम फिदिमस्थित खेल मैदानमा प्रतियोगिता सञ्चालन हुने छ ।

आजको उद्घाटन खेलमा झापा ११ र कर्णसिंह सोनाम मेमोरीयल क्लब ताप्लेजुङ भिड्ने खेल तालिका छ । गोल्डकपमा ‘ए’ डिभिजनका पाँच र प्रदेश १ का विभिन्न जिल्लाका पाँच टिमले प्रतिस्पर्धा गर्दैछन् ।

पुस ३० गते सम्म सञ्चालन हुने प्रतियोगितको उपाधि विजेता टिमले ४ लाख रुपैयाँ नगदसहित ट्रफि पाउने छ । उपविजेता टिमले भने २ लाख र ट्रफि पाउने छ ।

प्रतियोगितामा आयोजक फिदिम स्पोर्टिङ क्लब, त्रिभुवन आर्मी, एपिएएफ, हिमालयन शेर्पा, जावलाखेल युथ क्लब, डिवाईन ब्वाइज युनियन, सुनसरी–११, झापा–११ र कर्णसिंह सोनाम मेमोरीयल क्लब ताप्लेजुङको सहभागिता रहेको जिल्ला फुटबल संघ पाँचथरका अध्यक्ष सुजन नेम्बाङले जानकारी दिए ।

फिदिम स्पोटिङ क्लब र पाँचथर फुटबल संघले सयुक्त रुपमा फाल्गुनन्द गोल्डकप प्रतियोगिता आयोजना गर्दैछन् ।