प्रदेश नं ३ मा चक्लाबन्दी खेती प्रणाली शुरु

कृषि सहकारी

सिन्धुली / प्रदेश नम्बर ३ सरकारको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले चक्लाबन्दी सामुहिक खेती प्रणालिको शुरु गरेको छ ।

३ नं प्रदेश सरकारले चक्लाबन्दी सामुहिक खेती प्रणालिको शुरुवात गरेको छ । प्रदेशको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले शनिबारदेखि सो प्रणालीको सुरुवात गरेको हो ।

सिन्धुलीको दुधौली नगरपालिका,२ भलुवाहीमा एक कार्यक्रमका वीच प्रदेश नम्बर ३ का भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले डोजर चलाएर सामुहिक खेती प्रणालिको उद्घाटन गरे ।

चक्लाबन्दी सामुहिक खेती प्रणालिको सुरुवात गर्दै मन्त्री लामाले कृषिमा आधुनिकिकरण बढेपछि सुतेर नबस्न किसानहरुलाई आग्रह गरेका थिए ।

उनले नेपालकै माटोमा पैसा, श्रम र पसिना खर्च गर्ने बेला आएको भन्दै संमृद्ध नेपालको कल्पना कृषिबाट मात्रै सम्भव भएकोमा जोड दिए ।

सामुहिक खेतीबाट उत्पादन भएको धान,मकै,गहुँ,तोरी लगाएतका खाद्यान्नको बजारिकरणको ब्यवस्था प्रदेश सरकारले मन्त्री लामाको भनाइ थियो ।

सहकारीमा आधारित सामुहिक चक्लाबन्दी खेती पहिलो चरणमा एक सय विगाहा क्षेत्रफलमा शुरु गरिएको हो । जसमा नगरपालिका भित्रका करिब डेढसय किसान सहभागी हुनेछन् ।