आइफोन उत्पादक कम्पनी एप्पललाई एकै दिनमा ७५ अर्ब डलरको नोक्सानी

एजेन्सी /आइफोन उत्पादक कम्पनी एप्पलले एकै दिनमा ७५ अर्ब डलरको नोक्सानी व्यहोरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

वाल स्ट्रिटमा एप्पलको शेयर मुल्य १० प्रतिशतले गिरावट आउदा एप्पलले सो नोक्सानी व्यहोरेको बताइएको छ ।

एप्पलका प्रमुख कार्यकारी टीम कुकले कम्पनीको आम्दानी कम हुने बताएसँगै त्यसको प्रभाव स्ट्रिटवालमा परेको बताइएको छ ।