दमकको फाल्गुनन्द चौंकमा एनआइसी वैकको शाखा

समाचार

दमक / एनआइसी एशिया बैकले दमक १ स्थित फाल्गुनन्द चौंकमा थप शाखा विस्तार गरेको छ । बैंकले शुक्रवार एक औपचारिक कार्यक्रम गरि शाखाको उद्घाटन गरिएको बैकका फाल्गुनन्द शाखा प्रवन्धक मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार गत साउनदेखि सञ्चालनमा आएको वैकको शाखाको शुक्रवारदेखि औपचारिक रुपमा शाखा उद्घाटन गरिएको हो ।
फाल्गुनन्द शाखाको बैकका सञ्चालक राजेन्द्र प्रसाद अर्यालले शाखासहित एटिमको उद्घाटन गरेका हुन् । यससंगै दमकमा तीन वटा शाखा सञ्चालनमा आएको बैकले जनाएको छ । उद्घाटन समारोहमा वैकका सञ्चालक अर्यालले बैकको सेवालाई शहरी केन्द्रीत मात्र नभएर ग्रामीण भेगसम्म पुरयाँउदै आएको जानकारी दिए ।
कार्यक्रममा दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारी, वैंकका मेची क्षेत्रीय उपप्रमुख रविन बारियालगायतले बोलेका थिए । उद्घाटन कार्यक्रममा दमक १ का वडाध्यक्ष तारा प्रसाद अधिकारी, उद्योगी,व्यवसायीहरु लगायतको उपस्थिति रहेको थियो । झापामा हाल १७ वटा शाखा सञ्चालनमा रहेको जनाईएको छ ।
बैकले देशभरि २७० वटा स्थानमा शाखा,२८९ वटा एटिम,३७ वटा एक्सटेन्सन र २२ वटा शाखा रहित बैकिङ्ग इकाइृ मार्फत बैकिङ्ग सेवा प्रदान गरिआएको बैकका नायव प्रमुख सूचना अधिकृत अर्जुन राज खनियाद्धारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
निजी क्षेत्रको सवैभन्दा ठुलो शाखा सञ्जाल रहेको उक्त बैंकमा करिव १४ लाख ग्राहक संख्या ,वासलात २१३ अर्व,निक्षेप १६९ अर्व तथा १४६ अर्व रुपैया बढी कर्जामा लगानी गरिएको पुगेको विज्ञप्तिमा जनाईएको छ ।