खानेपानी भवन शिलान्यास

समाचार स्थानीय

भद्रपुर / झापाको कचनकवल–५, पाठामारीमा खानेपानी आयोजनाको भवन शिलान्यास गरिएको छ । प्रदेश सभा सदस्य बसन्त बानियाले आज एक कार्यक्रममा बिच सो भवनको शिलान्यास गरेका हुन ।

पाठामारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिद्वारा आयोजित भवन शिलान्यास कार्यक्रममा सांसद बानियाले जनताको स्वास्थ्य स्थिती मजबुत नभएसम्म समृद्धी र विकास सम्भव नहुने बताए ।

यसर्थ, प्रदेश सरकारले सो आयोजनाको लागि यस वर्ष ९० लाख र केन्द्रिय सरकारबाट ३० लाख रुपैयाँ रकम विनियोजन भएको उनले जानकारी दिए ।

भवन शिलान्यास कार्यक्रममा कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जार आलम, नेकपाका जिल्ला सदस्य असारु राजवंशी, धनलाल राजवंशी, कुस्पतलाल राजवंशी, महेशलाल गणेश लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

वि.सं. २०७३ सालमा शुरु गरिएको पाठामारी खानेपानी आयोजनाको अनुमानित लागत रु. १२ करोड रहेको र सो आयोजनाबाट पाठामारी क्षेत्रका १५ सय घरधुरीका ८ हजार जनसंख्या प्रत्यक्ष रुपमा लाभान्वित हुने खानेपानी उपभोक्ता समितिका सचिव मोहनलाल गणेशले जानकारी दिए ।

पाठामारी खानेपानी तथा सरसफाई समितिका अध्यक्ष मोहम्मद सैफुदिन हकको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा स्वागत नुर मोहम्मद र सञ्चालन मोहनलाल गणेशले गरेका थिए ।