रंगकर्मी नेपाललाई वेदकुमारी रेग्मी कर्मठ महिला सम्मान

समाचार साहित्य

धुलावारी / सुसेली साहित्यिक परिवार झापाले रंगकर्मी कविता नेपाललाई ‘वेदकुमारी रेग्मी कर्मठ महिला’ सम्मानवाट शनिवार सम्मानित गरेको छ ।

१० हजार १ सय रुपैया राशीको यो पुरस्कार वरिष्ठ साहित्यकार कुन्ता शर्माले शनिवार झापाको पर्यटकीय स्थल वासवारी सिमसारमा आयोजित कार्यक्रममा प्रदान गरेकी थिइन् ।

नेपाल परिवर्तन थिएटर झापाका अध्यक्ष समेत हुन् । उनी करिव एक दशकदेखि नेपाली नाटक क्षेत्रमा सक्रिय छिन् । रंगमन्चका क्षेत्रमा दिएको योगदानको मूल्यांकन गर्दै पुरस्स्कार प्र्रदान गरिएको संस्थाका अध्यक्ष पुण्यप्रसाद खरेलले बताए ।

यो पुरस्कार साहित्यकार चुडामणि रेग्मीका पत्नी वेदकुमारीको नाममा सुसेली साहित्यिक परिवार का“कडभिट्टाले स्थापना गरेको हो । सुसेलीले समाजमा योगदान दिने महिलाहरुलाई वर्षेनि यो पुरस्कार प्रदान गर्दै आएको छ ।

कार्यक्रममा प्रमुख अतिथि कुन्ता शर्मा, प्र्रतिनिधिसभा सांसद राम कार्की, प्रदेश सांसद श्रीप्र्रसाद मैनाली, मेचीनगरकी उपमेयर मीना उप्रेती, कंचनजंगा एफएमका प्रवन्ध निर्देशक चन्द्र भण्डारी, नेपाल प्रज्ञा प्रतिष्ठानकी सदस्य प्राज्ञ सुभद्रा भट्टराई, साहित्यकार यज्ञराज प्र्रसाई, समाजसेवी कृष्णप्रसाद उप्रेती, कवि मिश्र वैजयन्ती, अच्युत घिमिरे, सुसेलीका उपाध्यक्ष केन्द्र प्र्रसाद भट्टराई, सम्मानित प्रतिभा कविता नेपाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सुसेलीका सचिव कनक कार्कीले संचालन गरेको कार्यक्रममा जिल्लाका स्र्रष्ठाहरु लीला अनमोल, आरती पोख्रेल, विवश वलिभद्र कोइराला, विशाल कडेल, विमला चिमरिया, खगेन्द्रा खुसी, कोमलप्रसाद पोखरेल, जय आचार्य, हेम अधिकारी, विन्दु दाहाल, मिरा पोखरेल, जीवनाथ सुवेदी लगायतले कविता, गीत र गजल वाचन गरेका थिए । परिवर्तन थिएटरले चेतनामुलक नाटक समेत मंचन गरेको थियो ।