दमक जेसीजको अध्यक्षमा केसी

समाचार समाज

दमक / दमक जेसीजको अध्यक्षमा भीमराज केसी चुनिएका छन् । निर्वाचित अध्यक्ष दमक ८ का वडा सदस्यसहित पूर्वकै चर्चित क्लव धु्रवतारा स्पोर्टिङ्ग क्लवका अध्यक्ष समेत हुन् ।

उनीसहित सवै नेतृत्व सर्वसम्मत चयन भएको गठित निर्वाचन समितिका आयुक्त सन्तोष अधिकारीले जानकारी दिए ।

शुक्रवार सम्पन्न ३८ औ साधारणसधाबाट वर्ष २०१९का लागि केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

अध्यक्षमा केसीसहित प्रत्यासी पाँँच जनाले मनोनयन दर्ता गरेका थिए । प्रत्यासीहरुवीच सहमति जुटेपछि जेसीजमा सर्वसम्मत नेतृत्व चयन भएको आयुक्त अधिकारीले जनाए ।

केसीसंग मुख्य प्रतिष्पर्धी वर्तमान महासचिव गोपाल गुरागाईले दावी गरेका थिए ।
जेसीजको कार्यकारिणी उपाध्यक्षमा सञ्जिब बराल र निरोज आचार्य,चार उपाध्यक्षमा रामचन्द्र अधिकारी, सुमन कोइराला, उमेश गजमेर रसन्दिप बस्नेत निर्वाचित भएका छन् ।

यस्तै जन सम्पर्क अधिकारीमा विदुर नेपाल र तालिम निर्देशकमा रमेश लुइटेल निर्वाचित भएको आयुक्त अधिकारीले जानकारी दिएका छन् ।