पशुपालन तथा दुध उत्पादक संघ झापा अध्यक्षमा पुनः सिटौला

केशवराज भण्डारी

झापा / पशुपालन तथा दध उत्पादक संघ झापाको अध्यक्षमा पुनः लक्ष्मिप्रसाद सिटौला (एलपी) निर्विरोध निर्वाचित भएका छन् ।

संघको सम्पन्न प्रथम वार्षिक साधारणसभा तथा अधिवेसनले पुनः सिटौलालाई अध्यक्षमा दोहोर्याएको हो ।

ब्यवस्थापन कृषि तथा सहकारी मन्त्रालयका सचिव हस्तवहादुर विष्टको प्रमुख आतिथ्यमा सम्पन्न अभिवेशनमा मेचिनगर नगरपालिका मेयर विमल आचार्य, पशु तथा मत्श्य विकास निर्देशनालय प्रदेश १ का डा लेखराज दहाल, प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्रालय वजेट महाशाखाका प्रमुख हरिहर पौडेल, पशुपन्छि निर्देशनालय प्रदेश नं. १ का वरिष्ठ पशु विकास अधिकृत माधव अर्याल लगायतले अतिथीको आसनबाट मन्तव्य राखेका थिए ।

झापामा निरन्तर व्यवसायिक पशुपालनमा सक्रिय अर्जुनधारा नगरपालिका वडा नं. ६ मा रहेको कनकाई कृषि फर्मका सञ्चालक सुवोध ढुंगेल, मेचिनगर नगरपालिका वडा नं. ४ को वाहुनडाँगी कृषि तथा पशुपालन प्रा.ली. का केशव सुवेदी, वाह्रदशी गाउँपालिका वडा नं. ३ को हिमअतुल गाई फार्मका तुलसी ढकाल, कनकाई नगरपालिका वडा नं. ३ को प्रतिक पशुपालन कृषि फार्मका सञ्चालक डण्डपाणी गौतम र दमक नगरपालिका वडा नं. १० सिद्धकाली पशुपालनका सञ्चालक डिक वहादुर कार्कीलगायतलाई कदरपत्रले सम्मान गरिएको थियो ।

साथै भुमि ब्यवस्थापन कृषि तथा सहकारी मन्त्रालयका सुचना अधिकारी कुमार सिंह खत्री लगायतलाई प्रमाणपत्र सँगै ढाका टोपी ओढाएर सम्मान गरिएको थियो ।

अध्यक्ष एलपि सिटौलाले कार्यक्रमको उध्येश्य र संघको वारेमा प्रष्ट पारेका थिए ।

पशुपालक तथा दुध उत्पादक संघ झापाकी सदस्य सिता पौडेलले स्वागत गरेको कार्यक्रममा संघका सचिव चन्द्रप्रसाद सिग्देलले सञ्चालन गरेका थिए ।