महिला उद्यमी संघ अध्यक्षमा गोमा भट्टराई

विर्तामोड / नेपाल महिला उद्यमी संघ झापाको नयाँ नेतृत्व चयन भएको छ ।
संघको आइतवार पर्यटकीय क्षेत्र दोमुखामा सम्पन्न साधारणसभाले गोमा भट्टराईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
संघको उपाध्यक्षमा शुष्मा भण्डारी, सचिवमा नैनकला भट्टराई, सहसचिवमा शर्मिला अधिकारी र कोषाध्यक्षमा यशोदा चापागाँईलाई चयन गरेको छ ।
समितिका सदस्यहरुमा गीता भण्डारी, कल्पना दाहाल, रजनी बजगाँई र युनिता दवाडी चयन भएका छन् ।
साधारणसभाले संघलाई झापाका सबै स्थानीय तहमा विस्तार गर्ने, सामुहिक फुल खेतिको निरन्तरता तथा कृषिजन्य उत्पादनको बजार पहिचान गर्ने निर्णय गरेको अध्यक्ष भट्टराईले जानकारी दिइन्  ।