अर्जुनधाराका महिलालाई सेनेटरी प्याड बनाउने तालिम

अर्जुनधारा / अर्जुनधारा नगरपालिकाका महिलालाई सेनेटरी प्याड निर्माण र वजारीकरण सम्बन्धि तालिम दिइएको छ ।

अर्जुनधारा नगरपालिकाको आयोजना, रोट्राक्ट क्लब बिर्तामोड मिडटाउनको प्राबिधिक सहयोग र हर प्याडको सहजिकरणमा अर्जुनधाराका बेरोजगार गृहणी महिलालाई लक्षित गरी सेनेटरी प्याड निर्माण सम्बन्धी तालिम दिइएको हो ।

महिलाहरुमा हुने मासिक श्राव (महिनावारी) का समयमा अति आवश्यक सेनेटरी प्याड निर्माण तथा विक्री वितरणको व्यवस्था गर्न ५ वडाकै महिला सहभागी हुने गरि ३० जनालाई तालिम दिइएको हो ।

घरायसी कपडाको प्रयोग गर्दा निम्तीने स्वास्थ्य समस्या र बजारमा पाईने प्याड प्रयोगमा हुने खर्च कटौतीका लागि झापामा पहिलो पटक घरमै बनाउन सकिने र पुनः प्रयोग गर्न सकिने कपडाको प्याड वनाउन तालिम दिइएको हो ।

हर प्याडका तर्फबाट तिर्थराज कोइराला र श्रेया थापाले सेनटरी प्याडको महत्व, तथा कपडाको प्याड बनाउने तरिका र त्यसको बीक्री लगायतका विषयमा सहजीकरण गरेका थिए ।

‘सामान्य तया महिलालाई महिनावारी हुदा एक बर्षमा २६० वटा प्याडको प्रयोग गर्नु पर्छ, बजारमा किन्दा ३ हजार ५ सय रुपैया खर्च हुन्छ, अब हाम्रो खर्च जोगिएको छ’ तालिममा सहभागी एक महिलाले बताइन् ।

तालिममा सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै अर्जुनधारा नगरपालिकाकी उपप्रमुख कमला आचार्यले सेनेटरी प्याड निर्माणसँगै यसको वजारीरकणका लागि सामुहिक पहलको आवश्यकता औल्याइन् ।

व्यवसायिक निरन्तरताले आत्मनिर्भर बनाउन मद्दत पुग्ने भन्दै उनले आगामी दिनमा नगर स्तरमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्नेमा विश्वास व्यक्त गरिन ।

सीप विकासका यस्ता कार्यक्रमले महिलाको आर्थिक स्तर उकास्न मद्दत गनेए कार्यक्रमकी सयोजक कमलादेवी भट्टराइले बताइन ।

तालिमको समापनमा मन्तव्य राख्दै अर्जुनधारा ५ का वडा अध्यक्ष ध्यान बहादुर भारतीले महिलाहरुलाई सीपको भरपुर सदुपयोग गरी नगरपालिकालाई वातावरणमैत्री नगर बनाउन सहयोग गर्नसमेत आग्रह गरे ।

ग्रामिण उद्यम कार्यकमले गरेको तालिम दुइ दिन सम्म चलेको थियो । समापन कार्यकमको संचालन भने उपभोक्ता समिति सचिव इन्दिरा भट्टराईले गरेकी थिइन ।