वीरता लेडी जेसीजको १५ औं साधारणसभा

समाचार समाज

विर्तामोड / वीरता लेडी जेसीज विर्तामोडको १५ औं साधारणसभा सोमबार विर्तामोडमा सम्पन्न भएको छ । साधारणसभाले सन् २०१९ का लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

वीरता लेडी जेसीजका संस्थापक अध्यक्ष शारदा रिजालको प्रमुख आतिथ्य र प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीको विशिष्ट आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभा समुद्घाटन समारोहमा उद्योग वाणिज्य संघ विर्तामोडका महिला उपाध्यक्ष पार्वता विमली, शनिश्चरे जेसीज २०१८ का अध्यक्ष अजय देव, वीरता जेसीजका पूर्व अध्यक्ष राजकुमार पोखरेल, सन् २०१८ का अध्यक्ष एकराज गिरी, अलैंची ब्यवसायी संघ झापाका अध्यक्ष निर्मल भट्टराईलगायतले शुभकामना मन्तब्य राखेका थिए ।

निर्वाचन अधिकृत नैनकला भट्टराईले निर्वाचन कार्यक्रमबारे जानकारी गराएको कार्यक्रममा साधारणसभाबारे रजनी बजगाईले जानकारी दिएकी थिइन् ।

वीरता लेडी जेसीज सन् २०१८ का अध्यक्ष नम्रता ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रम संयोजकद्वय कामना उप्रेतीले स्वागत र कल्पना दाहालले सञ्चालन गरेकी थिइन् ।

कार्यक्रममा सहभागी बक्ताहरुले जेसीज आस्था अनुरुप विधिको शासन स्थापित गर्न जेसीजको सांगठनिक र कार्यक्रम विस्तारमा जोड दिएका थिए ।