गीतकार ओमनाथ कडरीयाको ‘जीउँदै मरेर पनि’ गीतको भिडियो सार्वजनिक (भिडियो सहित)

गित संगीत मनोरञ्जन

विर्तामोड / गीतकार ओमनाथ कडरीयाको ‘जीउँदै मरेर पनि हाँसेर जीउनु पर्ने’ आधुनिक गीतको ‘लिरिकल भिडियो’ सार्वजनिक भएको छ ।

गायक स्वरुपराज आचार्यको आवाजमा रहेको उक्त गीतको अडियो केही समयअघि नै सार्वजनिक भएपनि कडरीयाले ‘लिरिकल भिडियो’ आइतबार युट्यूब मार्फत सार्वजनिक गरेका हुन् ।

गीतमा रमेश कडरीयाको संगीत रहेको छ भने शिलाबहादुर मोक्तानले एरेञ्ज गरेका छन् । बद्रीप्रसाद सुवेदीबाट प्रेरित भएर गीति लेखनमा लागेको बताउने कडरीयाका डेढ दर्जन भन्दा बढी गीतहरु बजारमा आइसकेका छन् ।

                                                                       भिडियो

रमेश कडरियाको एकल संगीत र रामकृष्ण ढकालको स्वरमा रहेको मान्छेहरु हल्ला गर्छन, स्वरुपराज आचार्यको आवाजमा रहेको जीउँदै मरेर पनि, अन्जु पन्तको आवाजमा तिम्रो आँखामा आँसु, मेलिना राइको आवाजमा सबै थोक छ जीन्दगीमा, प्रविशा अधिकारीको स्वरमा रहेको जीवन बर्खे पहिरो भयो, सिमान्त सन्तोषको आवाजमा रहन्छ जहिलेसम्म, सिमान्त र सारिका घिमिरेको स्वरमा रहेको कसम कसम र तिलक कट्टेलको आवाजमा तिमी रहेमात्र बोलको गीत कडरीयाले बजारमा ल्याइसकेका छन् ।

अधिकांश गीत वियोगान्त कथामा आधारित भएर लेख्ने कडरीया यस्ता गीतमा बढी आनन्द प्राप्त हुने बताउँछन् ।

कडरियाको शव्द, हस्त परियारको स्वर तथा संगीतमा बाँचु भने कोही छैन, सिमान्त सन्तोषको स्वर तथा संगीतमा छुटाई गयौ किन कुन्नी, राजकुमार बगरको संगीत र सिमान्तको स्वरमा रहेका गीत बजारमा आइसकेका छन् भने मोहन मगरको संगीत रहेको हामी साना कोपिला हौँ बोलको वालगीत र ओठभरी मुस्कान देखेँ  आउने तयारीमा  छ ।

शिक्षण पेशामा सक्रिय कडरीया गीति लेखन र अनुसन्धानमा विशेष रुची रहेको बताउँछन् । उनका २० भन्दा बढी गीतहरु रेकर्डिङको तयारीमा रहेका छन् ।